अमेरिका बस्ने रोहितले ४१औँ दिनमा सगरमाथा आरोहण गरे | Khabarhub Khabarhub

अमेरिका बस्ने रोहितले ४१औँ दिनमा सगरमाथा आरोहण गरे


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली-तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन् । विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेका हुन् ।

आइल्याण्ड हिमाल चढिसकेका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण सगरमाथा चढ्न सफलता मिलेको बताए । सगरमाथा चढ्ने आफ्नो १२ वर्ष अगाडिदेखिको तयारी रहेको भन्दै उनले भने, ‘आइल्याण्ड हिमालबाट सगरमाथा देख्दा एक दिन त अवश्य आरोहण गर्छु भन्ने भित्रैदेखि लागेको थियो ।’

हिउँमा चिप्लने खेल, जलविहारलगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्ला पहाड चढेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०