हुलाकी सडक बन्द, स्थानीय युवाद्वारा प्रदर्शन | Khabarhub Khabarhub

हुलाकी सडक बन्द, स्थानीय युवाद्वारा प्रदर्शन


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरदेखि धनुषाको सघारासम्म जाने हुलाकी सडकखण्ड सुधारको माग राख्दै स्थानीय युवाले  प्रदर्शन गरेका छन् ।

सडक धुलाम्य भएको हुँदा आवत–जावतमा सास्ती भएको भन्दै स्थानीयले चक्काजाम गरी सडक बन्द गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा स्थानीय युवाहरुले हुलाकी सडक बन्द गर्दै स्थानीय सरकार , प्रदेश सरकार , केन्द्र सरकार र ठेकेदारविरुद्ध चर्को नारावाजी गरेका छन् ।

सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि सडकको अवस्था सुधार नभएपछि अहिले उक्त सडकखण्डमा चारचक्के गाडी बाहेक मोटरसाईकल, पैदल वा साईकल यात्रीलाई आवत-जावतमा कठिनाई भएको स्थानीयको गुनासो छ।

सडकमा धुलो नै धुलो भएको र सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि चक्काजाम गर्न बाध्य भएको युवाहरुको आक्रोश छ । उनीहरु बीच बाटोमै बसेर नाराबाजी गरिरहेका छन् ।

सोमबार मात्र धनुषाको देउरी परवाहामा समेत धुलाम्य भएको भन्दै स्थानीयले सडकमा मुडा, टेबल, कुर्ची राखेर बाटो जाम गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६