फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु | Khabarhub Khabarhub

फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको ज्यान गएको छ । राजधानी मनिलाबाट ६० किलोमिटर उत्तर पश्चिममा ४० किलोमिटर गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको पामपाङ्गा प्रान्तका दुई शहरमा केही भवन भत्केको भवनको भग्नावशेषबाट ८ शव निकालिएको प्रहरीले जनाएको छ ।

भूकम्पपछि त्यस क्षेत्रमा विद्युत तथा यातायात सेवा प्रभावित भएको तथा केही पूर्वाधारमा क्षति पुगेको अधिकारीले जनाएका छन् ।

भूकम्पपछि भत्केका भवनबाट दर्जनौं मानिसहरुको उद्धार गरिएको तथा भवनमा अरु ३० जनाभन्दा धेरै मानिसहरु फसिरहेको हुनसक्ने आशंका गरिएको छ ।

त्यस्तै पामपाङ्गा प्रान्तमा रहेको विमानस्थल पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । यसबाट इष्टरको विदा मनाउन गएका मानिसहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ४३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न