फ्यानलाई मन परेन निया शर्माको यो तस्वीर, सामाजिक सञ्जालमा भइन् 'ट्रोल' | Khabarhub Khabarhub

फ्यानलाई मन परेन निया शर्माको यो तस्वीर, सामाजिक सञ्जालमा भइन् ‘ट्रोल’


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार निया शर्मा ‘हट’ कलाकारमध्ये एक हुन् । यी नायिका सामाजिक सञ्जालमा पनि खुबै सक्रिय हुन्छिन् । उनले सामाजिक सञ्जालमा ‘बोल्ड एण्ड सेक्सी’ तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

हालै नियाले एक तस्वीर शेयर गरिन् । तर, उक्त तस्वीरलाई फ्यानले ‘ट्रोल’ बनाइदिए ।

नियाले आफ्नो इन्स्टाग्राममा एक महिलाको तस्वीर पोस्ट गरिन् । जुन फोटोमा एक महिला एक कारमा पल्टेर बसिरहेकी छिन् । तस्वीरमा ठूलो पेट देखिएको छ । फोटो शेयर गर्दै उनले क्याप्सन लेखिन् – खाएपछि म यस्ती हुन्छु ।

यो फोटोलाई लिएर फ्यानले ट्रोल बनाएका हुन् । निया शर्माको इन्स्टाग्राममा झण्डै २ दशमलब ८ मिलियन फलोअर्स हो । कहिले टिभी शो ‘एक हजारमा मेरी बहिनी छिन्’ बाट चर्चामा आएकी निया कैयन् शोमा पनि देखिएकी थिइन् ।

उनको वास्तविक नाम नेहा शर्मा हो । निया उनी ‘खतरो के खेलाडी’ मा पनि देखिएकी थिइन् । नियाले आफ्नो हट र जबरजस्ती फ्यान फलोइङका कारण सन् २०१७ मा दीपिका पादुकोणलाई पछाडि पारेर एसियाकी सबैभन्दा सेक्सी महिलामा नाम लेखाएकी थिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन