स्वास्थ्य मन्त्रालयको यस्तो अशुद्ध नीति सार्वजनिक, नेपाली भाषा नजान्ने हुन् वा हेलचक्र्याइँ | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयको यस्तो अशुद्ध नीति सार्वजनिक, नेपाली भाषा नजान्ने हुन् वा हेलचक्र्याइँ


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ई- हेल्थ रणनीतिमा नेपाली भाषाको शुद्धतालाई बेवास्ता गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको इ हेल्थ रणनीति २०७४ मा नेपाली भाषाको कुनैपनि शब्दमा शुद्धता छैन ।

मन्त्रालयले सरकारी वेबसाइटमा राखेको ई- हेल्थ रणनीतिको पीडीएफ फाइलमा भएका शब्दहरुका आकार, उकार, एकार… लगायत  नै बिग्रिएका छन् । सरकारी वेबसाइटमा राख्ने महत्वपूर्ण कार्यक्रम तथा  नीति नै राम्रोसँग अध्ययन नगरी फाइल वेबसाइटमा राखिएको देखिन्छ ।

मन्त्रालयले वेबसाइटमा राखेको रणनीतिमा शीर्षकमा नै ‘राष्टिय इ– हेल्थ रणनीति २०७४’ लेखिएको छ । शीर्षककै अशुद्ध रहेको उक्त रणनीतिको १९ पृष्ठ पूरै अशुद्ध छ ।

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । नेपाली भाषा सरकारी कार्यलयको कामकाजी भाषा हो । सरकारी कार्यालयको कामकाजी भाषा भएपनि भाषाको शुद्धतामा सरकारी निकायले व्यवस्था गर्न  गरेको पाइएको छ ।

ई- हेल्थ रणनीतिको पहिलो पृष्ठमा कति त्रुटी ?

ई- हेल्थ रणनीतिमा के कस्ता त्रुटी छन् हेर्न यहाँ क्लिक गर्नुस्  

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ०४ बजे

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल