बुटवल–नारायणगढ सडकको स्तरोन्नति कार्यको प्रधानमन्त्रीबाट शिलान्यास | Khabarhub Khabarhub

बुटवल–नारायणगढ सडकको स्तरोन्नति कार्यको प्रधानमन्त्रीबाट शिलान्यास


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति गर्ने आयोजनाको शुक्रबार बुटवलमा शिलान्यास गरेका छन् ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडकको स्तरोन्नति कार्य शुरु भएको हो ।

सडक स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर आगामी साढे तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । आयोजनाका अनुसार बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुने छ ।

पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ ।

सो शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रम ओलीले मुलुक लामो समयको राजनैतिक अन्यौलताको अन्त्य गर्दै शान्ति र समृद्धिको दिशामा अघि बढेको बताए । नेपालमा विकासका थुप्रै सम्भावनाहरु रहँदा रहँदै पनि बिगतमा सोंचको अभावका कारण बिकास निर्माणका कार्यले गतिलिन नसकेको दावी गर्दै प्रम ओलीले भौतिक पुर्वाधार र आर्थिक बिकासका लागि सरकार नयाँ सोंचका साथ अघि बढिरहेको जानकारी दिए ।

सो अवसरमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महसेठ, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, पुर्वमन्त्री एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध ढंगले अघि बढेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : ३५ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका