मेस्सी र रोनाल्डो आ–आफ्नो राष्ट्रिय टोलीमा फर्किए | Khabarhub Khabarhub

मेस्सी र रोनाल्डो आ–आफ्नो राष्ट्रिय टोलीमा फर्किए


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोन मेस्सी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो जुलाई पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् ।

शनिबार बिहान भेनेजुयलाविरुद्धको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा कप्तान मेस्सी मैदान उत्रिनेछन् । यस्तै, पोर्चुगलका कप्तान रोनाल्डो युरोपा कप २०२० को छनोटमा यूक्रेनविरुद्ध मैदान उत्रिदैछन् ।

रसिया विश्वकपमा अर्जेन्टिना अन्तिम—१६ मा फ्रान्ससँग पराजित भएपछि राष्ट्रिय टोलीबाट खेलेका थिएनन् । त्यस्तै, रोनाल्डोपनि विश्वकप पछि राष्ट्रिय टोलीबाहिर रहेका थिए ।

रोनाल्डोबिनै नेसन्स लिग खेलेको पोर्चुुगल सेमिफाइनलसम्म पुगेको थियो । ३४ वर्षे रोनाल्डोले पोर्चुगलबाट खेलेका १ सय ५४ अन्तराष्ट्रिय खेलमा ८५ गोल गरेका छन् ।

यस्तै, ३१ वर्षे मेस्सीले अर्जेन्टिनाबाट खेलेका १सय२८ अन्तराष्ट्रिय खेलमा ६५ गोल गरेका थिए । मेस्सी टोलीमा फर्किएकोमा मुख्य प्रशिक्षक लियोनल स्कालोनीले खुसी व्यक्त गरेका छन् । “यो मेरा लागि र सबैका लागि खुसीको कुरा हो । विश्वकै महान खेलाडी टिममा रहँदा टिमबाट अपेक्षा पनि धेरै हुनेगर्छ,” प्रशिक्षक स्कालोनिले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : ०९ बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ