सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ? « Khabarhub

सांसद थापाको प्रश्न– दूध दिँदासम्म गाई पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिन मिल्छ ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सांसद दिलकुमारी रावल थापा (पार्वती) ले शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको बताएकी छिन् ।

शुक्रवारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद थापाले राष्ट्रिय जनावार गाई दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ’ बैठकमा सांसद थापाले भनिन्,‘दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ । यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो ।’

बेवारिसे ढंगले छाडिएका गाईका कारण सडक फोहोर हुनुका साथै दुर्घटना समेत बढेको सांसद थापाको भनाइ थियो । उनले काठमाडौंमा मात्र नभएर देशको अन्य स्थानमा पनि यस्तो समस्या रहेको बताइन् ।

उनले छाडा छाडिएका गाईवस्तुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान किन नगएको भन्दै सरकारसँग प्रश्न गरिन् ।

‘सडकमा कष्टकर र बेवारिसे ढंगले रहिरहेका गाईवस्तु व्यवस्थापनमा राज्यको ध्यान तत्काल जाओस्’ सांसद थापाले भनिन्,‘कुनै निश्चित ठाउँमा गौशाला निर्माण गरी गाईवस्तुलाई राख्ने व्यवस्था गर्ने पो हो कि ! ’

सांसद थापाले सडकमा गाईको मात्र नभएर कुकुरको पनि समस्या रहेको बताइन् ।

नेपालमा ३० लाखभन्दा बढी कुकुर रहेको तथ्याङ्क उल्लेख गर्दै सांसद थापाले काठमाडौं उपत्यकामा मात्र २० हजार भन्दा बढी कुकुर सडकमा रहेको बताइन् ।

सडकमा रहेका कुकुरहरूका कारण यातायात आवागमनमा समेत प्रभाव परिरहेका र रेबिज जस्ता रोगहरूको प्रकोप फैलिने खतरा रहेको औंल्याइन् ।

‘यस्ता कुकुरहरूको नियन्त्रण र व्यवस्थापनमा राज्यको ध्यान जान सकिरहेको छैन’ थपाले संसदमा भनिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ४७ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

काठमाडौँ– आज साउन २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट

 पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु 

खोटाङ- खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

महोत्तरी– महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

निहारिकाको विषयमा राष्ट्रपतिको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा