प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज : प्रदेश ५ मा प्रधानमन्त्रीद्वारा उद्घाटन | Khabarhub Khabarhub

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज : प्रदेश ५ मा प्रधानमन्त्रीद्वारा उद्घाटन


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति अनुरुप प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश नम्बर ५ मा को रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना हुने सरकारी मेडिकल कलेजको उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई शिक्षा, स्वास्थ्य र रोजगार प्रदान गर्न सरकार अग्रसर रहेको बताएका छन् । उनले तीव्र आर्थिक विकास मुलुक र जनताको आवश्यक्ता रहेकोले सरकारले जनताको जीवनस्तरमा सुधार गर्ने र जनताले महशुस गर्ने कार्यक्रमहरु अघि सारेको बताए ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, तिलोत्तमा नपाका प्रमुख बासुदेव घिमिरे लगायतले मुलुकमा समृद्धि हासिल गर्नका लागि तीव्र विकासको आवश्यक्ता रहेको भन्दै शिक्षा, स्वास्थ्य रोजगार लगाएतका क्षेत्रमा लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।

प्रदेश ५ मा प्रदेश मेढिकल कलेज स्थापनाका लागि तिलोत्तमा नपाको वडा नं १ र ८ को वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ ।

सो आयोजनाको कार्यालयमा आयोजना प्रमुख सहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखाअधिकृत, चालक र कार्यालय सहयोगी सहित सात जना कर्मचारीको दरबन्दी रहेको छ । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गाप्राप्ति लगायतका कामहरु गर्ने छ ।

कलेज निर्माणमा करिव १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३ सय शय्या रहने सो अस्पताललाई तीनवर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : १० बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै