‘ए मेरो हजुर ३’ को गीत: सुहानाका लागि अनमोलले ताम्रपत्र कोरे | Khabarhub Khabarhub

‘ए मेरो हजुर ३’ को गीत: सुहानाका लागि अनमोलले ताम्रपत्र कोरे


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को लोकशैलीको गीत सार्वजनिक गरिएको छ । ‘परान’ बोलको गीती भिडियोलाई बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आनन्द अधिकारीका शब्द रहेको गीतमा संगीत र एरेन्ज गायक अविरलको नै छ । यस्तै गीतको मिक्सिङ एचबीएन किस्मतले गरेका छन् ।

लोकशैलीको गीतको भिडियोमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् । भिडियोमा अनमोल र सुहानालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको कथा निर्देशक थापा र सुमन पौडेलले तयार पारेका हुन् । यस्तै फिल्मको पटकथा तथा संवाद छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले लेखेका हुन् ।

सुहाना थापाको डेब्यु फिल्मसमेत रहेको यो फिल्म्मा अनमोल र सुहानाका अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रियल राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले रिलिजअघि राम्रो हाइप बटुलेको छ । फिल्ममा एउटा रोमान्टिक लभ स्टोरी देख्न सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १ : ५८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द