प्रधानमन्त्री भन्छन्– नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्– नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भैरहवा– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा पार्टीको एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् ।

रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले स्थानीय तहमा पार्टी एकताको काम आकस्मिक रुपमा टुंगिने बताएका हुन् ।

चुनावी गठवन्धनदेखि पार्टी एकता घोषणाजस्ता कामहरु आकस्मिक रुपमा टुंगिएको बताउँदै ओलीले भने, ‘धेरै गतिविधिहरु आकस्मिक रुपमा टुंगिएका छन्, स्थानीय तहको एकता पनि आकस्मिक रुपमा नै टुंगिने छ ।’

शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकन गरेका थिए ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका