‘साइँली’ ले दयाहाङको क्रेज फर्काउला ‍? | Khabarhub Khabarhub

‘साइँली’ ले दयाहाङको क्रेज फर्काउला ‍?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षअघि दयाहाङ राईको एकछत्र राज थियो । उनका फिल्म हप्तैपिच्छे पनि आउन थालेपछि दर्शकलाई दयाहाङका फिल्म हेर्न वाक्क लाग्न थाल्यो । जे होस्, बीचमा केही समय भने उनका फिल्म दर्शकले हेर्न पाएका छैनन् । केही अघि हलमा रिलिज भएका फिल्मले पनि खासै दर्शकको क्रेज तान्न सकेनन् ।

अब भने दयाहाङलाई उनका फ्यानले फिल्म ‘साइँली’ मा देख्नेछन् । यो फिल्ममा उनीसँगै मुख्य भूमिकामा गौरव पहारी, केनिपा सिंह र मेनुका प्रधानको पनि भूमिका छ । फिल्ममा रामबाबु गुरुङको निर्देशन छ ।

आउँदो चैत्र १५ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा दयाहाङको क्रेज देखिएला त ? ट्रेलर हेर्दा भने दयाहाङलाई दर्शकले रुचाएका छन् । अर्कातिर यो फिल्मको ट्रेलरमा बोलेको एक संवाद यतिबेला सामाजिक सञ्जाल टिकटकमा पनि रुचाइएको छ ।

साथै उनी ‍फिल्म ‘जात्रै जात्रा’ मार्फत दर्शक सामुन्ने आउँदैछन् । दुवै फिल्मले दयाहाङले आफ्नो गुमेको क्रेज फिर्ता ल्याउने अनुमान गरिएको छ ।

यद्यपि यी फिल्ममा पनि उस्तै विषयवस्तु र उस्तै भूमिकामा दयाहाङलाई देख्न सकिन्छ । यो अर्थमा भने दयाहाङ राई केही दिन हल आउने र हराउने नहोलान् भन्न सकिन्न । यसै पनि यतिबेला फिल्म हलमा दर्शकको राम्रै खडेरी जो परेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ११ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका