भारतलाई पराजित गर्दै इतिहास रच्ला नेपाली टोली ? फाइनल ३ बजे | Khabarhub Khabarhub

भारतलाई पराजित गर्दै इतिहास रच्ला नेपाली टोली ? फाइनल ३ बजे


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली महिला टोली र भारतीय टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सहिद मैदानमा आज (शुक्रबार) दिउँसो ३ बजे शुरु हुने खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध जीत हात पार्दैै इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

अहिलेसम्मका साफमा नेपाली टोलीको बाधक बनेको भारतलाई घरेलु मैदानमा हराउँदै ऐतिहासिक सफलता हात पार्ने नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताइसकेका छन् । यद्यपि, खड्काले फाइनल ‘टफ’ हुने आशंका गरेका छन् । उनले आजको दिनलाई नेपाली टोलीको दिन भएको सकेत बताए ।

लगातार तीन खेलमा उत्कृष्ट लय देखाएको नेपाली महिला टोलीले भारतसँग पनि आफ्नो लय कायम राख्न्ुा पर्ने प्रशिक्षकले बताएका थिए । सन् २०१०, २०१२ र २०१४ गरी ३ पटक नेपाली महिला टोली साफको फाइनलमा पुगेको थियो । तीनै पटक नेपालका लागि तगारो बनेको थियो भारत ।

भारतमाथि जीत हात पार्न नेपाली टोलीले अन्य टोली भन्दा बढी मेहनत गर्नु पर्ने प्रशिक्षक खड्काले बताएका थिए ।

लगातार चार पटकको साफ च्याम्पियन भारत आफ्नो रेकर्डलाई कायम राख्ने योजनामा रहेको भारतीय प्रशिक्षक मायामोल रक्कीले बताएकी थिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : २५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५