वैदेशिक रोजगारीमा बिचौलियाको बिगबिगी, विदेशी कम्पनीले पठाउने ‘डिमाण्ड’ मा ‘खेलोफड्को’ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा बिचौलियाको बिगबिगी, विदेशी कम्पनीले पठाउने ‘डिमाण्ड’ मा ‘खेलोफड्को’


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विचौलियका भरमा रोजगादाता देशबाट डिमाण्ड (माग) ल्याएर म्यानपावर व्यवसायीले कामदार वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् ।

रोजगार गन्तव्य मुलुकका रोजगारदाता कम्पनीसम्म सिधैं पहुँच नभएका व्यवसायीले विचौलियको माध्यबाट भिसा ल्याउने गरेका छन् ।

वैदेशिक रोजगार विभागमा हाल १ हजार ४ सय म्यानपावर कम्पनी दर्ता छन् । जसमा करिब २ सय वटा म्यानपावर कम्पनीको मात्र गन्तव्य मुलुकका रोजगारदाता कम्पनीसँग पहुँच रहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

विभागमा धेरै संख्यामा म्यानपावर दर्ता भएपनि करिब ८ वटा मात्र सञ्चालनमा रहेका छन् । जसमा ५ सय भन्दा धेरै म्यानवार बिचौलियाको भरमा व्यवसाय चलाउँदै आएका छन् ।

बिचौलियाकै भरमा कामदारको डिमान्ड ल्याएर म्यानपावर व्यवसाय सञ्चालन गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको वैदेशिक रोजगारी क्षेत्रमा कामदार आपूर्ति गदै आएका एक म्यानपावर व्यवसायीले बताए । धेरै म्यानपावर कम्पनी एजेन्टले ल्याएका डिमाण्डका भरमै चलिरहेको ती म्यानपावर व्यवसायीको भनाइ छ । ‘नेपालमा म्यानपावरको संख्या बढदै गएपछि धेरैजसो म्यानपावरमा बिचौलियाले नै डिमान्ड उपलब्ध गराउँदै आएका छन् । देश अनुसार प्रति भिसा ३० देखि ५० हजार रुपैयाँ तिरेर नेपाली म्यानपावरले बिचौलिया मार्फत डिमाण्ड किन्ने गरेका छन्’ नाम नवताउने शर्तमा उनले भने ।

रोजगारदाता कम्पनीले देशअनुसार कामदारको डिमाण्ड माग गरे बापत सेवा सुविधा दिँदै आएका छन् । तर, त्यो सेवा सुविधा रोजगारीमा जाने कामदारले भने पाउँदैन

एजेन्टको पहुँच सिधा रोजगारदाता कम्पनीका एचआरसँग हुने गरेको र आफूहरुको पहुँच त्यहाँसम्म नपुग्ने भएकाले बाध्य भएर बिचौलियालाई ठूलो रकम तिरेर भिसा किन्नु पर्ने बाध्यता रहेको ती व्यवसायीको भनाइ छ ।

गत भदौ महिनामा युएईस्थीत नेपाली राजदूतावासले ६० जना एजेन्टको नाम सार्वजानिक गर्दै गृहमन्त्रालयलाई कारवाहीका लागि सिफारिश समेत गरेको थियो ।

युएईमा भिजिट भिसा र लेबर भिसामा बिचौलियाबाट ठगिएको गुनासो आउने गरेको दूतावासका द्वितीय सहसचिव सागरप्रसाद फुयालले बताए । औपचारिक रुपमा उजुरी नआएपनि बिचौलियाबाट कामदार जस्तै म्यानपावर व्यवसायी पनि ठगिने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाका अनुसार पनि गन्तव्य देशमा भिसाको व्यापार गर्ने विचौलियको विगविगी रहेको छ ।

धेरै म्यानपावर व्यवसायीले बिचौलियासँग भिसा किन्ने हुदाँ ठगिने गरेको प्रथम उपाध्यक्ष भन्तानाले बताए । उनले भने, ‘भिसा बिचौलियासँग किन्ने हुदाँ धेरै म्यानपावर व्यवसायी पनि ठूलो रकममा ठगिने गरेका छन् । पछिल्लो समय बिचौलियाका कारण रोजगारदाता कम्पनीमा काम गर्ने एचआरले पनि सिधा डिमाण्ड म्यानपावरलाई दिन गाह्रो मान्न थालेका छन् ।’

बिचौलियाका निशानामा नयाँ म्यानपावर व्यवसायी पर्ने गरेको वैदेशिक रोजगारीमा कामदार पठाउदै आएका रोजगारी व्यवसायीले नाम बताउने सर्र्तमा भने, ‘बिचौलियाको उद्देश्य भनेको व्यवसायी ठग्नु मात्र हो । ठगिएका व्यवसायी बदनामी हुने डरले प्रशासनसम्म उजुरी पुग्दैन । जसका कारण यस्ता घटनाहरू बाहिर आउँदैनन् ।’

मलेसिया, युएई, कतार कुवेत, बहराइन र ओमानका गल्ली गल्लीमा नेपाली एनआरएन रोजगारदाता र देशमा रोजगारी छोडेर चिनियाँ, भारतीय, बंगाली र पाकिस्तानीले एजेन्टको काम गदै आएको व्यवसायीकै भनाइ छ । यी एजेन्टले बंगलादेश, श्रीलंका र नेपाली म्यानपावर सञ्चालकलाई ठग्ने गरेका छन् ।

बिचौलियालाई दोहोरो फाइदा

पछिल्लो समय म्यानपावरको संख्या बढदै गएपछि भिसा व्यापार गर्ने बिचौलियाको व्यापार पनि बढ्दो छ । रोजगारदाता देशमा भिसा कारोबारका लागि म्यानपावर व्यवसायी जाने गरेका छन् । यसरी हुने भिसा कारोबारमा कुटनीतिक नियोगका कर्मचारी पनि संग्लन हुने गरेका छन्

रोजगारदाता देशमा बसेर भिसा व्यापार गर्ने बिचौलियाले भने दोहोरो पैसा कमाउने गरेको रोजगार व्यवसायीको आरोप छ ।

उनीहरुले रोजगारदाता कम्पनीका एचआरसँग मिलेर भिसा निकाले बापत कामदारले पाउने सेवा सुविधाको पैसा पनि लिने गरेको व्यवसायीले आरोप लगाए । उनले भने‘सिमित रकम कम्पनीका एचआरलाई दिएर अरु बिचौलियाले नै खाने गरेका छन् । डिमाण्ड अथवा भिसा नेपालका म्यानपावरलाई बेचेर पनि बिचौलियाले पैसा कमाइ रहेका छन् ।’

रोजगारदाता कम्पनीले देशअनुसार कामदारको डिमाण्ड माग गरे बापत सेवा सुविधा दिँदै आएका छन् । तर, त्यो सेवा सुविधा रोजगारीमा जाने कामदारले भने पाउँदैन ।

युएईमा सुरक्षा गार्डको भिसाका लागि रोजगार व्यवसायीले ३ हजार दिराम (९० हजार रुपैयाँभन्दा बढी) र सोभन्दा राम्रो भिसाका लागि ४ हजार दिरामसम्म बिचौलियाले म्यानपावर व्यवसायीसँग लिदै आएका छन् ।

मलेसिया, ओमान, कुवेत र कतारका भिसाका लागि बिचौलियाले राम्रो भिसाका लागि प्रतिव्यक्ति ३ देखि ५ हजार देशअनुसार उठाउने गरेको व्यवसायीको भनाइ छ । बिचौलियालाई धेरै रकम खुवाएर निकालिने डिमान्ड पनि कतिपय नक्कली हुदाँ व्यवसायीहरु फस्ने गरेका छन् ।

बिचौलियाबाट भिसा किनेर कामदार वैदेशिक रोजगारीमा पठाउँदा प्रति कामदार १ लाख ५० हजारभन्दा बढी उठाउनुपर्ने बाध्यता रहेको व्यवसायीले बताउँदै आएका छन् । विगत केही वर्षयता भिजिट र व्यक्तिगत भिसामा पनि बिचौलियाले नेपाली कामदार लैजाने गरेका छन् । यसरी भिसा किनेर ल्याउँदा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउन नसकिने व्यवसायीको भनाइ छ ।

भिसा किन्न होडवाजी

रोजगारदाता देशमा रहेका बिचौलियासँग डिमान्ड किन्न म्यानपावर व्यवसायीबीच होडवाजी नै चल्ने गरेको छ ।

‘रोजगारदाता देशमा डिमान्ड किन्न व्यवसायीबीच तछाड–मछाड नै हुने गरेको छ’ अर्का एक म्यानपावर व्यवसारीले नाम प्रकाशन नगर्ने शर्तमा भने, ‘पछिल्लो समय म्यानपावरको संख्या बढदै गएपछि भिसा व्यापार गर्ने बिचौलियाको व्यापार पनि बढ्दो छ । रोजगारदाता देशमा भिसा कारोबारका लागि म्यानपावर व्यवसायी जाने गरेका छन् । यसरी हुने भिसा कारोबारमा कुटनीतिक नियोगका कर्मचारी पनि संग्लन हुने गरेका छन् ।’

कतिपय रोजगारदाता देशमा नियोगकै कर्मचारी कम्पनीका एचआरसँग मिलेर भिसा कारोवारमा संग्लन हुने गरेको व्यवसायीको आरोप छ ।

बिचौलिया र एजेन्ट हावी

वैदेशिक रोजगारी क्षेत्रमा व्यवसायीभन्दा बचौलिया अथवा एजेन्टकै बोलवाला चल्ने गरेको छ । नेपाली युवा रोजगारीमा जाने देशमा म्यानपावरभन्दा एजेन्टले नै भिसा र डिमान्डका लागि काम गर्ने गरेका छन् । नेपालमा पनि म्यानपावर कम्पनीभन्दा उनीहरुले राखेका एजेन्ट सक्रिय भएर काम गदै आएका छन् ।

रोजगार गन्तव्य देशमा रोजगारदाता कम्पनीमा एजेन्ट नै सक्रिय भएका डिमाण्ड र भिसाको कारोवार गर्छन् । नेपालमा रोजगारीको खोजीमा रहेका कामदारलाई म्यानपावरसम्म ल्याउन काम पनि एजेन्टले गर्छन् । जसका कारण कतिपय कामदार गन्तव्य देशमा समस्यामा पर्दा म्यानपावर व्यवसायी अविज्ञ हुन्छन् ।

व्यवसायी ठगिएको उजुरी प्रहरीमा पुग्दैन

रोजगारीमा जाने कामदार ठगिएको खण्डमा उनीहरु आर्थिक क्षतिपूर्तिका लागि प्रशासनसम्म न्यायका लागि जाने गरेका छन् । तर, तीनै कामदार रोजगारीमा पठाउने म्यानपावर व्यवसायी ठगिए भने बेइज्जत हुने डरले प्रहरीसम्म उजुरी लिएर पुग्दैन । बिचौलियामार्फत ठगिएका म्यानपावर सञ्चालक गुपचुप बस्ने गरेका छन् । वार्षिक ठूलो संख्यामा म्यानपावर व्यवसायी ठगिएपनि समस्या र उजुरी भने हुने गरेको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १ : ५० बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ