रहेनन् ‘छेक्यो छेक्यो देउराली डाँडा‍...’ गीतका सर्जक शुक गुरुङ | Khabarhub Khabarhub

रहेनन् ‘छेक्यो छेक्यो देउराली डाँडा‍…’ गीतका सर्जक शुक गुरुङ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित ५४ वर्षीय लामाको उपचारका क्रममा निधन भएको हो ।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ गीतहरु चर्चित छन् ।

गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो।

गुरुङको मृत्युप्रति यतिबेला समाजिक सञ्जालमा नेपाली संगीत प्रेमीहरूले भावपूर्ण श्रद्धान्जली व्यक्त गरिरहेका छन्। सर्जक गुरुङको निधनप्रति गायक अमृत गुरुङले ट्विट गर्दै दुःख व्यक्त गरेका छन्।

अमृतले ट्विटरमार्फत् गत अगस्ट २६ गते शुक गुरुङसँग भएको भेट नै अन्तिम भेट भएको उल्लेख गर्दै नेपथ्यको प्रारम्भकालमा शुकले ‘छेक्यो छेक्यो’ गीत नेपथ्यलाई दिएर पुर्‍याएको गुन सम्झिएका छन्।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ३७ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।