ए डिभिजन लिग फुटबलः एपीएफ र हिमालयन शेर्पाले अंक बाँडे | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः एपीएफ र हिमालयन शेर्पाले अंक बाँडे


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र हिमालयन क्लबसँग अंक बाँडेको छ ।

आइतबार दिउँसो भएको खेलमा एपीएफ र हिमालयनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित रंगशालामा भएको खेलमा एपीएफ र हिमालयन क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

तर, खेलको ४७ औं मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गर्दै टिमलाई विभागीय क्लबविरुद्ध अग्रता दिलाएको थिए । त्यसको ठिक ११ मिनेटपछि एपीएफ क्लबका प्रविन कुमार स्याङ्तानले हिमालयन शेर्पाविरुद्ध बराबरी गोल फर्काए ।

स्याङ्तानले ५८ औं मिनेटमा गोल गरेका थिए । बराबरी खेलेको एपीएफले् अंक तालिकामा खाता खोलेको छ । एपीएफले दुई खेलबाट १ अंक बटुलेको छ भने हिमालयन शेर्पाले दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ ।

लिगमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबबीचको खेल दिउँसो १२ बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल पनि दशरथ रंगशाला थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे हुनेछ ।

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : १७ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु