क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त | Khabarhub Khabarhub

क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युवा– क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गरेको क्युवाको समाचार संस्था एसीएनले जनाएको छ ।

क्युवामा फिडेल क्यास्ट्रोपछि मारेरो प्रधानमन्त्री बनेका हुन् । क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युवामा प्रधानमन्त्रीय प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बनेका थिए ।

एसीएनले भनेको छ, “क्रुजको नियुक्तिलाई क्युवाको नेशनल एसेम्लीको शनिबार बसेको बार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका ५९४ सदस्यहरूले एकमतले अनुमोदन गरेका छन् । क्युवाको कानून अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ ।

यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ ।

क्युवामा केनल राष्ट्रप्रमुख रहनुहुन्छ भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रथम मन्त्री हुन् । उनीहरूबीच नै सरकार सञ्चालनको वास्तविक शक्ति निहित रहने गर्छ ।

क्युवाले तत्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालामा प्रधानमन्त्रीलाई हटाएर मन्त्रीपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानूनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुवरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो । यसै अनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो ।

नयाँ सविधानमा पनि क्युवामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ । यहाँको एक मात्र दलका रूपमा कम्युनिष्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : २९ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले