क्यानडामा हुने 'सिने स्टार अवार्ड'को उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक | Khabarhub Khabarhub

क्यानडामा हुने ‘सिने स्टार अवार्ड’को उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडाको टोरन्टोमा हुने ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ३ सार्वजनिक गरियो ।

आयोजकले ‘टप थ्री नोमिनिज’ सार्वजनिकसँगै प्रमाणपत्र समेत वितरण गरियो ।

अवार्ड अन्तर्गत उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ छानिएका छन् । यस्तै उत्कृष्ट अभिनेताका लागि अनमोल केसी, विपिन कार्की र सलिनमान बानियाँ मनोनयमा परेका छन् ।

‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँ मनोनयनमा परेका हुन् । यस्तै नायिकातर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ मनोनयनमा परेका छन् ।

त्यसै गरी उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशील पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी छनोटमा परेका छन् ।

वि.सं. २०७५ सालभर प्रदर्शनमा आएका फिल्महरु मध्येबाट निर्णायक समितिले उत्कृष्ट तीन मनोनयन गरेको हो । आगामी फेब्रुअरी २२ मा अवार्ड कार्यक्रम हुनेछ । कार्यक्रममा कुल १२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा सम्पन्न हुन लागेको हो ।

यस्तो छ सूची (उत्कृष्ट तीन मनोनयन)

उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह-अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह-अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ३४ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको