सीमा सुरक्षा बैठक सम्पन्न, उठेन कालापानीको विषय | Khabarhub Khabarhub

सीमा सुरक्षा बैठक सम्पन्न, उठेन कालापानीको विषय


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।

बैठकमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा छलफल भएको छ । दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति समेत भएको छ ।

नेपाल र भारतबीच सीमा विवादको विषय उठिरहेका बेला कालापानीको विषयमा समेत छलफल हुने अपेक्षा गरिए पनि त्यस विषयले छलफलमा प्रवेश नपाएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार बैठकका एजेण्डा पूर्व निर्धारित भएको हुदाँ कालापानीको विषयले प्रवेश नपाएको हो ।

पोखरबाट टोली बिहीबारै काठमाडौं फर्किएको  भए पनि  शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको हो । टोली शनिबार भारत फर्किनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २३ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका