मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भे९प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।

प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए । “चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ”, उनले भने, “अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।”

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : ३० बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती