तीनकुने-लोकन्थली जाम : ३ किलोमिटरको यात्रा गर्न १ घण्टा | Khabarhub Khabarhub

तीनकुने-लोकन्थली जाम : ३ किलोमिटरको यात्रा गर्न १ घण्टा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ?

सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो । तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ ।

तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ लाग्ने गरेको छ । जडीबुटीमा रहेको सवारी जामका कारण त्यहाँबाट भक्तपुर वा पेप्सीकोलातर्फ जाने सवारीसाधन लामो समय रोकिने गरेका छन् ।

बर्सेनी काठमाडौँ उपत्यकाका सडकमा थपिएका सवारीसाधनका कारण उपत्यकाका विभिन्न चोकहरु जस्तै यस चोकमा सवारी चाप बढ्दो छ । काठमाडौँका कतिपय चोकहरुमा जाम हुँदा त्यसको विकल्प भए पनि यस चोकको विकल्प नहुँदा चालक र यात्रु हैरान भएका हुन् ।

सरकारले ललितपुरतर्फ जाने सवारीसाधनलाई लोकन्थलीबाट ‘डार्भशन’ गरेर मनोहरा करिडोर पठाउने गरे पनि सवारी जाम त्यति कम भएको पाइँदैन ।

यस चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण गर्ने सरकारले योजना बनाए पनि निर्माणको काम अघि बढिसकेको छैन । माइतीघर–सूर्यविनायक सडक विस्तार गरेको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यहाँ अन्डर पास निर्माणमा चासो देखाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावलीले बताए ।

निवर्तमान मन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्नेभन्दा पनि सरकार आफैँले निर्माण गर्ने योजना रहेको बताए । जाइका र नेपाल सरकार दुवैले आ–आफ्ना हिसाबले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिसकेका छन् । सरकारले आफैँले पनि निर्माण गर्न सक्ने उनले बताए ।

उनले भने, “सरकारले गरेको अध्ययनका आधारमा निर्माणमा कठिनाइ देखिएको छैन ।” सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनबहादुर थापाले विमानस्थलको क्षेत्रभित्रै अन्डर पास निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने बताए ।

विश्वका धेरै देशहरुमा माथि ‘रन वे’ र तल ‘अन्डर पास’ हुने गरेको उहाँको भनाइ छ । यस स्थानमा नेपाल सरकारले पनि अध्ययन गरेको र जाइकाले पनि गरेको अध्ययनका आधारमा उपयुक्त विकल्प खोज्न सकिने उनको भनाइ छ ।

आफूहरु जापानी टोलीसँग पटकपटक वार्तामा बसिरहेको उनले जानकारी दिए। उनले भने, “सरकार आफैँले निर्माण गर्न हामीसँग प्राविधिक विश्वास (टेक्निकल कन्भिडेन्स) नभएकाले वैदेशिक सहयोगमा पनि गर्न सकिने देखिन्छ ।”

पूर्वाधारविद् सूर्यराज आचार्यले ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण मात्रै सवारी जामको समाधन नभएको बताए । काठमाडौँ उपत्यकाको समग्र सडक सञ्जालको अध्ययन गर्नुपर्नेमा उनको जोड छ । एक ठाउँको मात्रै समाधान खोज्दा त्यो समस्या अन्यत्र सर्न सक्छ ।

अहिले जडीबुटीमा रहेको जस्तै समस्या बानेश्वरमा सर्ने र त्यहाँको समाधान खोज्दा थापाथलीमा पनि सर्न सक्ने उनले बताए । एक ठाउँ मात्रै भन्दा पनि समग्र काठमाडौँको सवारी चाप बढिरहेकाले निजी सवारीसाधनभन्दा ठूला क्षमताका सार्वजनिक सवारीसाधनलाई बढावा दिनुपर्ने उनले बताए ।

काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको विकल्प छैन । उनले भने, “फ्लाई ओभर, अन्डर पास निर्माणसँगै दीर्घकालीन समाधानतर्फ पनि जानैपर्छ ।”

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण भएको छ ।

जडीबुटी चोकबाट ललितपुरतर्फ जाने सवारीसाधनलाई मनोहरास्थित आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि सहयोग पुगे पनि चोकमा सवारी चाप उत्तिकै देखिन्छ । यहाँ रहेको सडक पुल कम चौडाइको हुँदा जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक घण्टौँसम्म जाम पर्ने गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ३३ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो