२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा | Khabarhub Khabarhub

२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो ।

बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए । जसमध्ये उपचार भइरहेका ४ जनालाई नेपाली ल्याइएको छ । कुवेतको अस्पतालमा उपचारत नवलपरासीका भगीरथ चापागाईँको भने उपचारका क्रममा निधन भएको बोर्डले जनाएको छ ।

कोरियाबाट ओमनाथ ढकाल (हाल वीर अस्पतालमा उपचाररत) र यूएईबाट कुमार फकामी (निशान) पुनलाई सरकारको सहयोगमा नेपाल ल्याएको बोर्डले जनाएको छ । अन्य २ जना भने सम्बन्धीत देशमा रहेका नियोगमार्फत नेपाल ल्याएको छ ।

सरकारले विदेशी अस्पतालको कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । तर उक्त निर्णय कुनै तयारी विना नै गरिएको देखिएको छ ।

अहिले सबैभन्दा धेरै कतारमा १५ जना, साउदीमा ६ जना र कुवेतमा २ नपालीको विभिन्न अस्पतामा कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ ।

साउदीका विभिन्न अस्पतालमा ६ पुरुषसहित सात जना नेपालीको कोमामा उपचार भइरहेको बोर्डले जनाएको छ । हालसम्म यी कोमाका बिरामीको उपचार खर्च रोजगारदाता कम्पनीले ब्यहोर्दै आएको बोर्डले जनाएको छ ।

सरकारले विदेशमा रहेका बिरामी नेपाल नै ल्याएर उपचार गर्ने योजना अघि सारेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए । विदेशी अस्पतालमा कोमामा राखेर उपचाररत दुई जनालाई सरकारल नेपाल ल्याएर उपचार गर्न शुरु गरेको सूचना अधिकारी सुवेदीले बताए ।

‘विदेशका विभिन्न अस्पतालमा कोमामा उपचाररत बिरामीलाई नेपाल ल्याएर उपचार गर्न सकिन्छ । तर, त्यही जतिको उपचार गर्ने समस्या होला भने मात्र हो,’ उनले भने, ‘बोर्डले विदेशी अस्पतालको कोमामा उपचाररत बिरामीलाई नेपाल ल्याएर सहज तरिकाले उपचार गराउने विषयमा छलफल गरिरहेको छ । अब विदेशमा रहेका नेपाली ल्याएर नेपालका विभिन्न अस्पतालमा उपचार हुन्छ ।’

यस्तै, राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल निर्देशक डा.प्रमोद यादव सरकारले विदेशमा हाल उपचाररत कोमाका बिरामीलाई उपचार गर्ने छुटै व्यवस्था गर्नुपर्ने बताउँछन् ।

सरकारले हचुवाका भरमा योजना बनाएजस्तो विदेशका अस्पतालमा कोमामा उपचार भइरहेका बिरामीलाई नेपाल ल्याएर उपचार गर्न सहज नहुने निर्देशक डा.यादलले बताए । उनले भने, ‘तापक्रम, स्याहारसुसार र परिक्षणलगायत अन्य सुविधा दिन सक्ने अवस्था छैन । यस्तो महत्वपुर्ण विषयमा सरकार बोल्नभन्दा अस्पतालको उपाय खोज्नुपर्ने पर्छ । नेपालमा सवै बिरामीलाई सामान्य बेडमा राखेर उपचार गरिन्छ । कोमाका बिरामीलाई धेरै समय दिनुपर्छ ।’

कति नेपाली विदेशी अस्पतालका कोमामा

हाल विदेशमा २३ जना नेपालीको कोमा राखेर उपचार भइरहेको बोर्डले जनाएका छ ।

कतारमा बाग्लुङका लिलाराम सापकोटा, सिरहाका दिनेशकुमार चौधरी, कास्कीका भीमबहादुर थापा, पर्वतका देवेन्द्रकुमार थापा, नवलपरासीका ओमबहादुर कुमाल, रुपन्देहीका राजाराम चमार, (जिल्ला नै खुलेका)छविराज आलेको कतारको रुमैला अस्पतालमा उपचार भइरहेका जानकारी पाएको बोर्डले जनाएको छ ।

यसैगरी, कतारको अमन हाउस पुनर्स्थापना केन्द्रमा, बैतडीका भरतराम लवाद, दाङका भक्तबहादुर रासकोटी मगर, झापाका श्रीबहादुर नेम्वाङ र सुबेन्द्र घिसिङको उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कतारमै स्याङ्जाका अभिषेक कुमालको अल वाकर अस्पतालमा, जनकपुरका लियामत कवारी हमदको मेडिकल सिटीमा र संखुवासभाका दिनेशकुमार राईको हमाद पुनस्र्थापना गृहमा उपचार भइरहेको बोर्डले जनाएको छ ।

साउदीको मउसात अस्पतालमा धनुषा चण्डेश्वर विन मुखिया ६ वर्षदेखि कोमामा राखेर उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । यस्तै, किङ फाहद अस्पतालमा बाटुली सुनार चार वर्षदेखि अचेत अवस्थामा कोमामा उपचार भइरहेको बोर्डले जनाएको छ ।

साउदीको किङ अब्दुल्लाजिज मेडिकल सिटीमा महेन्द्र गुरुङ, रियाद केयर अस्पतालमा मनोज कुमार माझी, देवराज दर्जी किङ साउद समेसी अस्पतालमा र बेदबहादुर भुजेल फेमिली केयर अस्पताल रियादको दूतावास सेन्टरमा उपचार भइरहेको छ । यस्तै, कुवेतमा वाग्लुङका हिरा दमाई र सुमित्रा बि.क कोमा उपचार भैरहेको बोर्डले जनाएको छ ।

दुई जनाको नेपालमै उपचार

कोरियाबाट परिवारकै जिम्मेवारीमा नेपाल ल्याइएका झापाका ओमनाथ ढकालको हाल कोमामा राखेर वीर अस्पतालमा उपचार भइरहेको छ । भने,कुमार फकामी पुन बसुन्धारास्थित निशान अस्पतालमामा उपचार भइरहेको छ । नेपालका अस्पताल कोमामा उपचार गर्ने अन्य देशमा रहेका कोमाका बिरामी ल्याएर कहाँ उपचार गर्ने भने विषयमा सरकार नै अलमलमा परेको देखिन्छ ।

बोर्डले भने गत आर्थिक वर्षमा वीर अस्पताललाई कोमाका बिरामी रोखेर उपचार गर्ने व्यवस्था मिलाउन पत्रचार गरेको थियो । कोमामा रहेका बिरामीलाई अनिश्चितकालसम्म राख्नपर्छ, त्यसका लागि अहिले अस्पतालसँग बेड नभएको बोर्डलाई वीर अस्पतालले जानकारी गराएको थियो ।

पछिल्लो समय नेपालमा सुविधा सम्पन्न अस्पताल खोलिएपनि कोमामा पुगेका बिरामीलाई उपचार गराउने आवश्यक प्रविधि र नर्सको अभाव हुने ट्रमाका निर्देशक यादव बताउँछन् । सरकारले कोमाका बिरामीलाई उपचार गराउन छुट्टै सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने उनको भनाइ छ ।

कोमामा रहेका बिरामीलाई नेपाल ल्याउन सरकार र सम्बन्धित देशका रोजगारदाता मिलेर समस्याको समाधान गर्न सक्छन् । तर, उनीहरुको तत्काल उपचार गर्न भने समस्या हुने डा यादवको तर्क छ ।

कोमामा कसरी पुग्छन्

विदेशमा उपचाररत नेपाली बिरामी कसरी कोमामा पुगे भने विषयमा सरकार अनविज्ञ छ । कोमामा रहेका बिरामीको अवस्था कस्तो छ भने विषयमा पनि सरकारले जानकारी लिन सकेको छैन ।

श्रम सम्झौता गर्दा नै रोजगारी गन्तव्य देशमा रहेका नेपाली नियोगमा स्वस्थ्य सहचारी हुनुपर्ने व्यवस्था गर्नुपर्ने रोजगारविज्ञहरुले बताउँदै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा श्रमिक लिँदै आएका देशमा भाषा, स्वास्थ्य र अन्य सुविधामा विषेश जोड दिनुपर्ने रोजगारविज्ञ पूर्णचन्द्र भट्टराईले बताएका छन् ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिरामी र कोमामा उपचार भइरहेको अवस्थामा नेपाल ल्याउन नसकिने अवस्थामा उनीहरुको परिवारलाई नियमित भेटघाट गर्न विदेश आउजाउ गर्न मिल्ने वातावरण मिलाउनुपर्छ,’ उनले भने, ‘सामाजिक सुरक्षा कोषमा पनि विदेश जाने कामदारलाई जोड्न पर्ने, रोजगारदातालाई बढी जिम्मेवार बनाउनुपर्ने रश्रमिकलाई स्वास्थ्यका बारेमा बढी जोड दिनुपर्छ ।’

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका