जेष्ठ नागरिकलाई अल्जाइमरबाट बचाउन के गर्ने ? | Khabarhub Khabarhub

जेष्ठ नागरिकलाई अल्जाइमरबाट बचाउन के गर्ने ?


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? यदि तपाईको परिवारमा जेष्ठ नागरिक हुनुहुन्छ भने उनकाे स्वास्थ्यमा विशेष ध्यान दिनुस् । किनकी उनीहरुमा अल्जाइमरको समस्या हुनसक्छ ।

पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्ध अवस्थामा पुगेपछि धेरैमा बिर्सने समस्या हुन्छ । जसलाई मेडिकलको भाषामा अल्जाइमर भनिन्छ ।

अल्जाइमर भएका जेष्ठ नागरिकलाई बुढेसकालमा हुने सामान्य समस्या सोचेर उनका परिवारले स्वास्थ्यमा ध्यान नदिँदा अल्जाइमर भएका वृद्धवृद्धाहरु झनै कमजोर बन्छन् ।

नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमर रोग रहेकोे एक अध्ययनले देखाएको छ । अल्जाइमरका बिरामीमा तीन चरणको लक्षण देखिन्छ ।

पहिलो चरणका लक्षण

–खाना खाएको विर्सने,

–एउटै कुरा दोहोर्‍याइ रहने

–जटिल शब्दहरु सम्झन नसक्ने,

एकोहोरो हुने,

अरुसँग घुलमिल हुन नचाहने ।

दोस्रो चरणको लक्षण

आफू हिडेको बाटो विर्सने,

नियमित भेट हुने आफन्त र परिवारका सदस्य नचिन्ने,

अनावश्यक शंका गर्ने बानी हुनु,

आफ्नै अनुहार ऐनामा हेर्दा आफैलाई नचिन्ने,

केही समय अघि सिकेका वा जानेका कुराहरु विर्सने,

निन्द्रामा समस्या हुने, निन्द्रामै हिँड्ने,

राम्रो, नराम्रो र खतराका वस्तु पहिचान गर्न नसक्ने,

अस्पष्ट वाक्य बोल्ने, बेसुराका कुरा गर्ने,

रिस, चिन्ता, शंका बढि गर्ने ।

अन्तिम चरणका लक्षण

पहिलो र दोस्रो चरणको समस्याहरु बढ्दै जाने,

आपत्तिजनक काम र व्यवहार गर्ने ,

अश्लिल शब्दहरु बोल्ने,

कुरा नबुझ्ने सम्वेदना गुमाउने,

वजन कम हुदै जाने,

परिवार, आफन्त र साथीहरुलाई नचिन्ने,

दैनिक क्रियाकलाप गर्न नसक्ने,

खानेकुरा चपाउँन र निल्न नसक्ने,

ओछ्यानमा थला पर्ने,

दिसापिसाबको नियन्त्रण गर्न नसक्ने,

मानसिक सन्तुलन घुमाउने ।

अल्जाइमर हुँदा बुढेसकालको समान्य समस्या भनेर बस्नु हुदैन । अल्जाइमर भएका बिरामीले आफन्तको केयर र औषधिउपचार पाएमा १० देखि १५ वर्ष सम्म बढी समय बाँच्न सक्छन् । त्यसैले अल्झाइमर भएका जेष्ठ नागरिकलाई विशेषज्ञ केयर गर्नुपर्छ ।

अल्जाइमरका बिरामीको यसरी गर्नुस् हेरचाह

–अल्जाइमर हुने जोखिमलाई कम गर्ने,

–सामाजिक कार्यमा जेष्ठ नागरिकलाई सहभागी गराउने,

–योगा तथा शारीरिक व्यायाम गर्ने,

–जेष्ठ नागरिकले सोधेको कुरामा राम्रोसँग जवाफ दिने,

–वृद्धवृद्धालाई पोषिलो खाना खुवाउने,

–सरसफाइ र हेरचाहमा विषेश ध्यान दिने,

–दिमाग क्रियाशील हुने किसिकका खेल तथा क्रियाकलाप गराउने,

–समय समयमा स्वास्थ्य जाँच गराउने,

–अल्जाइमर भएका बिरामीलाई चिकित्सकको सहल्लाहमा औषधि उपचार गर्ने,

–जेष्ठ नागरिकले गर्न सक्ने काममा सरिक गराउने ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २२ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं