कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ? राशि अनुसारको टिप्स | Khabarhub Khabarhub

कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ? राशि अनुसारको टिप्स


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा आजकल सवारी साधनको निकै महत्व हुने गर्दछ । सवारी साधन बिना कामकाजी ब्यक्तिलाई निकै कठिनाई हुने गर्दछ ।

सवारी साधनको सुख शुद्ध रूपमा शनि र शुक्रमा निर्भर हुन्छ । शनिको कृपा नभएका राशिका ब्यक्तिले सवारी खरिद गरेमा यसले अनावश्यक तनाव बढाउँछ । साथै सवारी साधनको सुखमा शुक्रको योगदान हुने भएकाले शुक्र सही भएको बेलामा मात्र यसको खरिद गर्न सकिन्छ ।

सवारीको सुखमा मंगल र राहु बाधाकारक मानिन्छन् । यी कारकलाई समयमा निराकरण नगरेमा व्यक्तिलाई सवारीका कारण दुखः बेहोर्नु पर्ने हुनसक्छ । राशि अनुसारको सवारी साधनको समस्या निराकरण गर्ने उपाय निम्नानुसार छन् :

मेष लग्न

मेष लग्नका ब्यक्तिलाई सवारीको योग र सुख दुबै हुने गर्दछ । यी लग्नका ब्यक्तिलाई नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारी साधनका कारण कुनै सास्ती बेहोर्नु भएको छ भने मेष लग्नका ब्यक्तिले सवारीमा हनुमानको चित्र वा प्रतिमा राखेमा यो फलदायी हुनेछ ।

वृष लग्न

अधिकाशं वृष लग्नका ब्यक्ति सवारी साधनको खराबी र यसको गडबडीका कारण तनाव झेल्नु पर्ने हुन्छ । यी लग्नका ब्यक्तिले सेतो रंगको सवारी साधनको खरिद गरेमा यसले लाभ दिन्छ । सवारीमा शिवजी चित्र वा प्रतिमा लगाएमा लाभदायक हुनेछ ।

मिथुन लग्न

मिथुन लग्नका ब्यक्तिले एक पटक खरिद गरेको सवारी साधन फेर्नु अघि निकै विचार गर्नुपर्छ । किनेको सवारी प्रयोगमा आउन्जेल यसको प्रयोग गर्नुपर्छ । यी लग्नका ब्यक्तिलाई क्रिम वा हरियो रंगको सवारी उत्तम हुन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गणेशको स्थापना गर्नु पर्दछ ।

कर्कट लग्न

कर्कट लग्नका ब्यक्तिलाई राम्रो सवारीको उपयोग गर्ने योग हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा रातो रंगको सवारी अनुकूल रहन्छ । सवारीमा आउने समस्या निराकरणका लागि हनुमानको स्थापना उत्तम हुन्छ । यी लग्नका ब्यक्तिले चाबीमा समेत हनुमानको चित्र राख्नु उत्तम हुन्छ ।

सिंह लग्न

सिंह लग्नका ब्यक्तिलाई सवारीको समस्या भइरहन्छ । यी लग्नका ब्यक्तिले खैरो वा मधुरो रंगका सवारी साधनले लाभ दिन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गायत्री मन्त्र लेखेर सवारीमा लगाउनु पर्दछ । सवारी चलाउँदा गायत्री मन्त्रको जाप गरे पनि लाभदायक रहन्छ ।

कन्या लग्न

कन्या लग्नका ब्यक्तिलाई प्रायः सवारी साधनको सुख योग रहन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारीमा आउने समस्या निराकरणका लागि भगवान कृष्णको प्रतिमा वा चित्र सवारीमा राखेमा यसले लाभ दिन्छ ।

तुला लग्न

तुला लग्नका ब्यक्तिलाई सवारीको योग निकै लाभदायक हुन्छ । यी लग्नका ब्यक्तिलाई कालो वा निलो रंगको सवारी साधन फाप्ने गर्दछ । सवारीमा समस्या आएको खण्डमा सवारीको अगाडि साना स्वस्तिक चिन्हको प्रारुप राख्नाले लाभ दिन्छ ।

वृश्चिक लग्न

वृश्चिक लग्नका ब्यक्तिलाई सवारी साधनको सुख औसत मात्र हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो रंगको सवारी निकै फाप्ने गर्दछ । सवारीमा आउने समस्या निराकरणका लागि वहानमा शिवजी चित्र वा प्रतिमा राख्नुपर्दछ ।

धनु लग्न

धनु लग्नका ब्यक्तिलाई विवाहपछि मात्र बाहानको सुख योग राम्रो हुन्छ । यी लग्नका ब्यक्तिलाई रातो वा सिल्भर रंगको सवारी निकै फाइदाजनक हुने गर्दछ । सवारीमा हनुमान चालिसा राख्नाले सवारीको समस्याबाट लाभ मिल्ने गर्दछ ।

मकर लग्न

मकर लग्नका ब्यक्तिले सवारी खरिद गर्नु पूर्व निकै सावधानी अपनाउनु पर्छ । रातो वा नीलो रंगको सवारी खरिद गरेमा मकर लग्नका ब्यक्तिलाई फाप्ने गर्दछ । सवारीमा श्रीकृष्णको विग्रह वा प्रतिमा राख्नाले सवारीको समस्या निराकरण हुनेछ ।

कुम्भ लग्न

अधिकाशं कुम्भ लग्नका ब्यक्तिलाई आफ्नोभन्दा पनि अरुको सवारी लाभदायक रहन्छ । विवाहपछि मात्र यी लग्नका ब्यक्तिले सवारी खरिद गर्नु उत्तम हुन्छ । यी लग्नका ब्यक्तिलाई नीलो, सेतो वा खैरो रंगको बहान फाप्ने हुन्छ । सवारी साधनमा आउने समस्या निराकरणका लागि शिवजीको चित्र लगाउँनु पर्दछ ।

मीन लग्न

मीन लग्नका ब्यक्तिले सेकेण्ड हैन्ड सवारी साधन खरिद गर्नु हुँदैन । अन्यथा यसले निकै समस्या निम्त्याउने गर्दछ । सुनौलो, पहेलो वा सेतो रंगको सवारीले फाप्ने गर्दछ । सवारीमा समस्या आएमा हनुमानजीको चित्र राखेमा यसले समस्या हटाउने गर्दछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : १६ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए