आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप | Khabarhub Khabarhub

आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आयुष्मान खुरानाको आउँदो चलचित्र ‘बाला’ मा समावेश गीत ‘डन्ट बी साइ’ ले रिलिज लगत्तै चोरीको आरोप खेप्नुपरेको छ । रिलिजसँगै चर्चामा आएको यो गीतलाई चर्चित पञ्जाबी गायक डिआर ज्युसले गीत चोरीको आरोप लगाएको हुन् ।

उनका अनुसार यो गीत सन् २०१३ मा रिलिज भएको आफ्नो सुपरहिट गीतको कपी हो । जबकि, ‘बाला’ को गीतमा सचिन जिगरका गीतको रचना छन् ।

डिआर ज्युसले ‘बाला’ का मेकर्सलाई खुला रुपमा चेतावनी दिएका छन् ।

 

‘बाला’ को उक्तको भिडियोलाई दश लाखभन्दा बढीले हेरेका छन् । दर्शकले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । सोही गीतलाई चोरीको आरोप लागेको हो । तर यसबारेमा निर्माण टिमले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : ४९ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।