डब्लुसीएलबाट बाहिरिए पोखरा र ललितपुर | Khabarhub Khabarhub

डब्लुसीएलबाट बाहिरिए पोखरा र ललितपुर


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा पल्टन वुमन्स च्याम्पियनसिप (डब्लुसीएल) २०१९ मा अन्तिम खेलमा जीतसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गर्दै पोखराले आफ्नो यात्रामा बिराम लगाएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । पोखराको जीतमा ब्याटवुमन कविता कुँवरले अविजित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन् भने बिन्दु रावलले ४० रन प्रहार गरिन् । पोखराविरुद्ध ललितपुरकी ममता चौधरी र नेरी थापाले समान २–२ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन् भने कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाईन् ।

ललितपुरविरुद्ध पोखराकी सिता राना मगरले २ विकेट लिईन् । अन्तिम खेलमा जीत निकालेको पोखरा सान्त्वनासहित प्रतियोगिताबाट बाहिरिदा ललितपुर भने जितविहिन रहँदै आफ्नो यात्रामा बिराम लगायो ।

प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस्तै क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्स इलिमिनेटरमा पुगेमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ४ : ३० बजे

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्