क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने | Khabarhub Khabarhub

क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेता सीपी गजुरेलले बताए ।

यसअघि पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिए पनि मंसिर १४ गतेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्ने बताउँदै नेता गजुरेलले कार्यनीति अन्तर्गत चुनावमा कहिले भाग लिने कहिले नलिने हुनसक्ने बताए ।

आफूहरूले अहिलेको संविधान, सरकार र व्यवस्थाको विकल्प खोजेको गजुरेलको भनाइ थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ३१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ