‘ह्याप्पी तिहार’ गीतका कारण उजुरी परेपछि दुर्गेश थापाको स्वीकारोक्ति – 'गल्ती गरेकै हो' | Khabarhub Khabarhub

‘ह्याप्पी तिहार’ गीतका कारण उजुरी परेपछि दुर्गेश थापाको स्वीकारोक्ति – ‘गल्ती गरेकै हो’


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापा तिहारको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका छन् । सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।

सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको हो ।

विरोधसँगै गायक थापामाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको हो । प्रप्रशासन कार्यालयमा उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।

महाशाखाका एसएसपी सहकुल थापाले दुर्गेशविरुद्ध उजुरी परेको पुष्टि गरे ।

यता दुर्गेश थापाले भने आफूले गल्ती स्वीकारेका छन् । खबरहबसँगको सम्पर्कमा आएका थापाले भने, ‘गल्ती गरेकै हो, अब उहाँहरुसँग बसेर सल्लाह गर्छु, त्यहीअनुसार अगाडि बढ्छु ।’

उनले प्रहरीले आफूलाई सम्पर्क गरेर गीत हटाउन भनेको पनि बताए । ‘म अहिले बाहिर छु, आएपछि जान्छु, उहाँहरुले गीतका शब्दमा आपत्ति जनाउनुभएको हो,’ उनले भने ।

दुर्गेशले तिहारको गीतमा गाँजा र बियरको प्रचार गरेको भन्दै विवाद भएपछि दुर्गेश पनि तनावमा परेका छन् । गीतको भिडियोमा एक बियरको विज्ञापन गरिएको छ ।

यसअघि तिहारका बेला दुर्गेशले ‘बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर तारिफ र चर्चा पाएका थिए । तिहारको गीतले भने उनलाई विवादमा तानेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०