बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान | Khabarhub Khabarhub

बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

विपद्को जोखिम कम गर्न र चटयङबाट हुने क्षति कम गर्न यस्तो प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ । परीक्षणका लागि यो प्रणालीलाई नगरपालिका परिसरमा जडान गरिएको छ ।

जडान गरिएको प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम नहुने भूगर्भशास्त्री डा रञ्जनकुमार दाहालले बताए ।

त्यस्तै वर्षात्को समयमा पहिरो जान लागेको खण्डमा सूचना दिन प्रविधिसहितको पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।

पहिरो जाने सम्भावना भएमा घण्टी बज्ने र पहिरोको जोखिम र क्षतिबाट बच्न सकिने डा दाहालको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : ५५ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति