चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला चुक्यो नेपाल | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला चुक्यो नेपाल


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले तरंगित बनेको नेपाली राजनीति दिनानुदिन रोचक बन्दै गएको छ ।

काठमाडौं आउनु पूर्व पत्रिकामा आफ्नो लेख मार्फत नेपालको वैभवशाली हिमाल देख्ने चिनियाँ राष्ट्रपति सी को चाहना नेपाली पक्षले बुझ्न सकेनन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अमेरिका, रुस लगायतका देशका राष्ट्र प्रमुखहरुलाई निम्ताउन नेपाल प्रयासरत रहेको बताउँदा राज्यको तर्फबाट सम्मान र सुरक्षा मात्रै दिन सक्ने भन्दै अन्य कुरा उनीहरूले दिने भनि लाचारी व्यक्त गरेका छन् ।

वर्तमान विश्वमा सामरिक र आर्थिक हैसियतले दोश्रो स्थानमा रहेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पर्यटन विकासमा सहयोगको रुपमा उपयोग गर्न खोजेको चर्चा चलेको छ । यति महत्पूर्ण व्यक्तिको भ्रमणको अवसरलाई सदुपयोग गर्न सकेको देखिएन ।

काठमाडौं अवतरण गर्नु पूर्व चिनियाँ राष्ट्रपति भारत भ्रमणमा हुँदा उनको स्वागत का लागि दक्षिण भारतीय राज्य तमिलनाडुलाई रोजिएको थियो ।

राष्ट्रपति सी को दुई दिने बसाई को प्रचारप्रसार अन्तर्राष्ट्रिय बजारमा हुने भएकोले विश्व भरिका पर्यटकहरुको साथै चिनियाँ पर्यटकहरुको लागि उक्त क्षेत्र महत्वपूर्ण गन्तव्य बन्ने निश्चित छ । सीको बसाई काठमाडौंमा सीमित राखिएकोले पर्यटन कालागि सित्तैमा पाइने व्यापक अन्तर्राष्ट्रिय प्रचारप्रसारबाट नेपाल चुकेको छ ।

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण पश्चात आज पर्यन्त विभिन्न कोणबाट खबरहरु आउने क्रम जारी छ । यस ऐतिहासिक भ्रमणको बहुआयामिक उपलब्धि सम्भव भएपनि सरकारको ध्यान आफुले विगतमा गरेको चुनावी वाचाहरु तिर केन्द्रित गरिँदा अपेक्षित लाभ लिन सकेको देखिएन ।

नेपाली पक्षको काठमाडौंसम्म रेल ल्याउने एकहोरो सोच का कारण अन्य दूरगामी असरका कार्यक्रमहरु सीका भ्रमणका क्रममा ओझेलमा पर्न गए ।

नेपाललाई भूपरिवेष्टित मुलुक बाट भूजडित बनाउने सीको भनाइलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर व्यावसायिक रूपमा यो कति सान्दर्भिक होला त्यसको मूल्यांकन आवश्यक छ ।

नेपालसँगको कतिपय विवादित विषयहरु राष्ट्रपति सी को यस भ्रमणमा चर्चा हुन सकेन । नेपालले चीनसँग वार्षिक रुपमा लगभग दुई खर्ब भन्दा बढीको व्यापार घाटा ब्यहोर्नु परेको छ । नेपाली पक्षले यस बारे खासै ध्यान दिन सकेन ।

स्वयं राष्ट्रपति सीले आफ्नो भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको व्यापार घाटा बारे सांकेतिक रूपमा हस्तकलाका सामग्री उपहार स्वरुप दिँदा आफूले चीनमा सफ्टवेयर र औषधि उद्योगमा लगानी गर्न सुझाएको जस्तै नेपालले पनि चीनमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको चर्चा गरेका थिए ।

नेपालको विकासका लागि चीन र भारत तत्पर रहेको कुरा गर्दै राष्ट्रपति सी ले टू प्लस वन मोडल बनाउने प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले त्रिपक्षीय साझेदारीमा जाने जिकिर गरे ।

राष्ट्रिय स्वाभिमानको हिसाबले प्रधानमन्त्रीको अड़ान उपयुक्त भएपनि कमजोर आर्थिक अवस्था भएको राष्ट्रका रुपमा यस बारे धेरै कठोरता अपनाउँदा परिस्थिति सहज नहुन सक्छ ।

नेपालको विकासका लागि चीनको प्रतिबद्धता ठूलो अवसरको रूपमा आएको छ । नेपालले यसलाई चिनियाँ कार्ड बनाउनु प्रत्युत्पादक हुनसक्छ ।

राष्ट्रपति चिनफिङले चीनमा विकास निर्माणका योजनाहरु तर्जुमा गर्दा लामो अध्ययन पश्चात निश्चित कार्यतालिका र बजेट विनियोजन गरेर समयबद्ध ढंगले सम्पन्न गर्ने गरेको बताए र नेपालको कार्यप्रणालीमा रहेको कमजोरी औल्याएका थिए । यसबाट भने नेपालले गतिलो पाठ सिक्न सक्छ ।

चीनमा आफुहरुले जनताको मन जितेर राज्य संचालन गर्दै आएको बताउँदै उनले नेकपाका नेता र कार्यकर्ताहरुले यदाकदा प्रयोग गर्ने गरेको दम्भयुक्त बोली बचन प्रति सचेत हुन आग्रह गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको नौ करोड भन्दा बढी कार्यकर्ता जनताको सेवामा समर्पित रहेकोले चिनियाँ जनता खुसी र सुखी महसुस गरेको भन्दै राष्ट्रपति सीले आफ्नो पार्टीको विदेश विभाग र नेकपाबीच विगतमा भएको पार्टी प्रशिक्षण कार्यक्रम बारे संकेत गर्दै नेपालमा जनताको मन जित्ने काम गर्न सुझाएका थिए ।

यसलाई नेकपा जनहरुले राम्रोसँग मनन गर्ने हो भने यसको ठूलो अर्थ रहेको छ र जनताप्रति उत्तरदायी र जिम्मेवार बन्न प्रेरित गर्नेछ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सुपुर्दगी सन्धि गर्ने चर्चा भएपनि अन्तिम अवस्थामा रोकिएको थियो । यस्तो उच्च स्तरीय भ्रमणमा हुने सन्धि सम्झौताहरु बारे पहिलादेखि तयारी गर्नु पर्ने हुन्छ र दूरगामी प्रभाव पार्ने सक्ने यी विषयहरुमा राष्ट्रिय सहमतिको आवश्यकता छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबाट नेपालले अपेक्षित लाभ लिन सकेको देखिएन ।

तर सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको बखत अन्तिम समयमा औपचारिकता निर्वाह गर्न पूर्व प्रधानमन्त्रीहरुसंग छलफल गरेको थियो । परराष्ट्र मन्त्रालय को कमजोर व्यवस्थापन का कारण नेपाली कांग्रेस का सभापति तथा प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा संग राष्ट्रपति सी को भेट्ने कार्यक्रम मा बस्न कालागि उचित प्रबन्ध नगरिएकोले परिस्थिति असहज भएकै हो ।

नेका र नेकपा बाहेक सरकार र संसदमा भएका दलका नेताहरुलाई चिनियाँ राष्ट्रपति संग भेट गराउन नसक्नु पनि राज्यको व्यवस्थापकीय त्रुटि भित्र पर्ने विषय हो ।

चिनियाँ राष्ट्रपतिले आफुहरुलाई अराजक भनेको जस्तो महसुस गरेको नेकपा अध्यक्ष प्रचण्डको स्वीकारोक्ति आफैमा यस ऐतिहासिक भ्रमणको सत्य तथ्य देखाउन पर्याप्त छ ।

राष्ट्रपति सीको नेपाल भ्रमणबाट पर्यटन क्षेत्रलाई हुन सक्ने सम्भावित लाभ लिन सरकार चुकेको छ ।

राजतन्त्रको झल्को दिने गरी उर्दी जारी गरेर उभ्याइएको कर्मचारीहरु र अनाहकमा शंका गरेर थुनिएका कतिपय व्यक्तिहरूको वैयक्तिक स्वतन्त्रता विवादास्पद बन्न पुगेको छ । समग्रमा भन्नु पर्दा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबाट नेपालले अपेक्षित लाभ लिन सकेको देखिएन ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ०२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द