पोखरा विमानस्थलको ४७ प्रतिशत काम सम्पन्न | Khabarhub Khabarhub

पोखरा विमानस्थलको ४७ प्रतिशत काम सम्पन्न


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले विमानस्थलको कार्य प्रगतिबारे जानकारी पनि लिएका छन् ।

विमानस्थलका लागि थप जमिन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने/नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखेका थिए ।

सो अवसरमा मन्त्री खतिवडालाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए । उनले तोकिएको मितिभन्दा छ महिना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए ।

सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो । विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ ।

विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क(कटिङ र फिलिङ) सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ । टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए ।

विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ ।

कूल रु २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म रु आठ अर्ब ५० करोड खर्च भएको छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो । सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका