पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो | Khabarhub Khabarhub

पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।

बर्खामा निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महिना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारी साधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारी साधन तथा पैदलयात्रुहरुलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् । खहरेखोलामा झुलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यता नै रहेको थियो । १८ महिनामा सक्ने गरी जयबाबा–ओखलढुङ्गाा–बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो । समयमै मोटरेबल पुल निर्माण नहुँदा यात्रुहरुले समस्या भोगिरहेको सन्दर्भमा खहरेखोला मोटरेबल पुल भने समयअवधि भित्रै सकिएको छ ।

२० मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताए ।

यस्तै, आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्र गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरेखोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ५३ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा