साहो नचलेपछि प्रभासले आगामी फिल्मको स्क्रिप्ट नै फेरे | Khabarhub Khabarhub

साहो नचलेपछि प्रभासले आगामी फिल्मको स्क्रिप्ट नै फेरे


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३० अगस्टमा रिलिज भएको प्रभासको फिल्म साहो बक्स अफिसमा अपेक्षा गरेअनुसार सफल हुन सकेन ।

साहोले बक्स अफिसका यस अघिका सबै रेकर्ड तोड्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेन । प्रभासको आगामी फिल्म ‘जान’ निर्माणको क्रममा छ ।

जसलाई राधा कृष्णाले निर्देशन गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार साहोको असफलतापछि प्रभासले निर्देशकलाई रोमान्टिक फिलमको स्क्रिप्टमा परिवर्तन गर्न भनेका छन् ।

समाचारहरुका अनुसार तेलुगू दर्शकलाई साहो खासै मनपरेन तर हिन्दी बजारमा भने फिल्मले राम्रै कमाइ गरेको थियो । हिन्दी भर्सनमा साहोले १ सय करोड कमाएको थियो ।

अहिले प्रभास कुनै ठूलो हिन्दी फिल्म गर्ने बारेमा सोचिरहेका छैनन् । तर अभिनेताले आगामी रोमान्टिक फिल्म जानका निर्देशकलाई कथामा परिवर्तन गर्न भनेका छन् जसले दर्शकलाई प्रभावित गर्न सकोस् ।

यो फिल्ममा प्रभासले अभिनेत्री पूजा हेगडेसँग रोमान्स गर्नेछन् । यो फिल्मको २० दिनको सुटिङ सकिएको समाचारहरु सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६