द्रुतमार्ग क्षेत्रमा काटिएका रुखको बदलामा रोपिए बिरुवा | Khabarhub Khabarhub

द्रुतमार्ग क्षेत्रमा काटिएका रुखको बदलामा रोपिए बिरुवा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा बृहत् वृक्षारोपण गरेको छ ।

संविधान दिवसको अवसर पारेर शनिबार शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको वृक्षारोपणमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी थिए ।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ । वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमिन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ । निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : २५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार