मलेसियामा हत्या अभियोग लागेका २ नेपाली हिरासत मुक्त | Khabarhub Khabarhub

मलेसियामा हत्या अभियोग लागेका २ नेपाली हिरासत मुक्त


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा सुपरभाइजरलाई कुटेर हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई नेपाली प्रहरी हिरासतबाट मुक्त भएका छन् ।

उनीहरुलाई अदालतको आदेशमा छोडिएको हो । शुक्रवार पेतालिङजया मजिष्ट्रेट कोर्टको आदेशमा रिहा भएका उनीहरुलाई शुक्रवार नै नेपाल पठाइएको छ ।

यो मुद्दामा नेपाली कामदारको पक्षबाट लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार सुरक्षा गार्डका रुपमा कार्यरत ती दुई नेपालीलाई चिनियाँ सुपरभाइजरलाई कुटेर हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

समयमा तलव नपाएको भन्दै मोटरसाइकल चालकले लगाउने हेल्मेटले सुपरभाइजरलाई कुटेको भिडियो यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

घटना क्वालालम्पुरस्थित रिगाल सेक्यूरिटी कम्पनीमा गत २ सेप्टेम्वरमा भएको थियो । सो घटनामा कुटपीटका कारण सुपरभाइजर एक चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

सो घटनामा ती नेपाली संलग्न नभई एक भारतीय नागरिक सन्तोष सिंह संलग्न रहेको अदालतमा पुष्टि भएको अधिवक्ता खारेनले जानकारी दिइन् ।

मलेसियामा हत्या अभियोग प्रमाणित भएमा मृत्युदण्डको सजाय हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १२ : २७ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक