बार्सिलोनाका युवा स्टार अन्सु फातीले पाए स्पेनको नागरिकता | Khabarhub Khabarhub

बार्सिलोनाका युवा स्टार अन्सु फातीले पाए स्पेनको नागरिकता


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको नागरिकता प्राप्त गरेका छन् ।

स्पेनको नागरिकता पाएसँगै फरवार्ड फातीले स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको छ । अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फाती ६ वर्षको हुँदा स्पेनको सेभिया बसाई सरेका थिए ।

स्पेनमा १० वर्ष बिताएपछि उनले स्पेनको नागरिकताको लागि दाबी गरेका थिए । स्पेनको नागरिकता पक्का भएसँगै १६ वर्षे फातीले यू-१७ विश्वकपमा स्पेनको टिममा पर्ने सम्भावना छ ।

यसै सिजन बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका फातीले सनसनी प्रदर्शन गरिरहेका छन् । स्पेनिस ला लिगामा उनले ३ खेलमा २ गोल गरिसकेका छन् ।

यस्तै च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमण्डविरुद्ध मैदान उतर्दै फाती सर्वाधिक कम उमेरमा डेब्यु गर्ने बार्सिलोनाका पहिलो खेलाडी समेत बनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : १५ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का