क्याटालोनियामा हिंसात्मक प्रदर्शन « Khabarhub

क्याटालोनियामा हिंसात्मक प्रदर्शन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १२ जना पृथकतावादी नेताको मुद्धाको सुनुवईको विरोधमा स्पेनको स्वशासित क्षेत्र क्याटालोनियामा हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले राजधानी बार्सिलोनासहित क्याटालोनियाका विभिन्न शहरमा सडकमा टायर बालेको तथा अन्य हिंसात्मक गतिविधि गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रदर्शनमा हजारौँ क्याटालन राष्ट्रवादीहरु सहभागी रहेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका कारण क्याटालोनियामा रहेका ११ राजमार्ग प्रभावित भएको जनाइएको छ । सन् २०१७ मा क्याटालोनियामा स्वतन्त्रताका लागि भएको असफल जनमत सङ्ग्रहपछि स्पेनमा १२ जना पृथकतावादी नेताहरु विरुद्ध मुद्धा दायर भएको थियो ।

अघिल्लो साता १२ जना क्याटालन पृथकतावादी नेताविरुद्ध मुद्धाको सुनुवाई शुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २३ बजे

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ- आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि

एउटै चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा

सेयर बजार २५ अंकले ओरालाे

काठमाडौँ- सेयर बजार करिब २५ अंकले ओरालाे लागेकाे छ । 

नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान

मोरङमा २७ हजार मतदाता थपिए

मोरङ– मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो