रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान « Khabarhub

रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा बन्ने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले गो फन्ड मीमार्फत आर्थिक सहयोगका लागि आह्वान गरेका छन् ।

केही महिनाअघि औपचारिक रुपमै घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत आर्थिक रकम संकलन गरिरहेका छन् ।

‘हामीले यसलाई दीर्घकालीन हिसाबले रंगशाला सञ्जालनमा आउने उद्देश्यले परिकल्पना गरेका हौँ,’ धुर्मुसले आह्वान गर्दै भनेका छन्, ‘क्रिकेट मात्र नभएर अन्य विधाका खेल पनि खेल्न मिल्ने गरी यसको निर्माण थालेका छौँ ।’

यो समाचार तयार पार्दासम्म गो फन्ड मीमा एक सय ६० डलर जम्मा भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि ३ अर्ब लाग्नेछ । धुर्मुस–सुन्तलीले रंगशाला निर्माणकै लागि केही हप्ताअघि विदेशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम समेत गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ५ : ४२ बजे

तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक

दमौली– तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट

चितवन– नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण

राप्रपा सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

हेटौँडा- राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका

कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य छ : नेता गौतम

काठमाडौँ- नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिष्ट पार्टीलाई

सुर्खेतका नौवटै स्थानीय तहको बजेट सार्वजनिक

सुर्खेत- सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का