साउदी अरबले ८ सय ५० भारतीय कैदी रिहा गर्दै | Khabarhub Khabarhub

साउदी अरबले ८ सय ५० भारतीय कैदी रिहा गर्दै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले साउदीका विभिन्न जेलमा रहेको ८ सय ५० भारतीय कैदीलाई रिहा गर्ने भएको छ ।  हालै भारत भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानलाई आफ्ना मुलुकका कैदीलाई रिहा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेसँगै साउदीले ८ सय ५० कैदीबन्दीलाई रिहा गर्ने भएको हो ।

प्रधानमन्त्री मोदीको आग्रह साउदी युवराज बिन सलमानले स्वीकार गरेको जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा युवराज मोहम्मद बिन सलमानले साउदी जेलमा रहेका ८ सय ५० भारतीय कैदीलाई रिहा गर्न निर्देशन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्विटमार्फत् जनाएका हुन् ।

त्यसअघि गत सोमबार युवराज बिन सलमानले पाकिस्तान भ्रमणका क्रममा साउदी जेलमा रहेका २ हजार १ सय कैदीलाई रिहा गरिदिएका थिए । विदेशमा सजाय काटिरहेका भारतीय कैदीको सबैभन्दा ठूलो सङ्ख्या साउदी अरबमा छ ।

साउदी अरबमा करिब २ हजार ५ सय भारतीय कैदी रहेको बताइन्छ । साउदी अरबमा सजाय काटिरहेका भारतीयमध्ये अधिकांश हत्या, अपहरण, घुसखोरी र अन्य लागुऔषध तथा मदिराजन्य अपराधमा संलग्न छन् ।

साउदी अरबमा कार्यरत आप्रवासी कामदारको सबैभन्दा ठूलो सङ्ख्यामा भारतीयहरु छन् । त्यहाँ करिब २७ लाख भारतीय नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन् । एशिया भ्रमणमा निस्केका युवराज बिन सलमान अहिले चीन भ्रमणमा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ०० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार