भारतपछि साउदी युवराज चीन भ्रमणमा | Khabarhub Khabarhub

भारतपछि साउदी युवराज चीन भ्रमणमा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत भ्रमण सकेर साउदी अरबका युवराज चीन पुगेका छन् । चीनमा उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका सल्लाहकार तथा राजनीतिक परिषद्का उपाध्यक्ष खि ली फुङ र साउदी अरबका लागि चिनियाँ राजदूत ली हुवा सिनले स्वागत गरे ।

चीन भ्रमणमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ तथा अरु उच्च पदस्थ चिनियाँ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले चीनमा आपसी लगानी तथा उर्जा तथा प्रविधिका क्षेत्रमा लगानीका विषयमा सम्झौता हुने छ ।

त्यस्तै चीनले साउदी अरबलाई आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुन आग्रह गर्ने जनाइएको छ । चीन साउदी अरबको ठूलो व्यापारिक साझेदार हो । गतवर्ष साउदी अरब र चीनबीच ६३ अर्ब डलरभन्दा धेरैको व्यापार भएको थियो ।

दुई वर्षअघि साउदी नरेश सलमान बिन अब्दुलाजिजे चीनको भ्रमण गरेपछि साउदी अरबबाट भएको यो सबैभन्दा उच्चस्तरको चीन भ्रमण हो । युवराज बिन सलमान दुई दिन चीनमा रहनेछन् । गत आइतबारबाट एशिया भ्रमणमा निस्केका उनले यसअघि पाकिस्तान र भारतको भ्रमण पूरा गरिसकेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ३ : ३० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही