राम्रो काम गर्न आदेश कुरेर बस्नु पर्दैन– प्रधानसेनापति थापा | Khabarhub Khabarhub

राम्रो काम गर्न आदेश कुरेर बस्नु पर्दैन– प्रधानसेनापति थापा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनको हित हुने काम गर्न कसैले पनि लिखित आदेश पर्खनु नपर्ने बताएका छन् ।

खोटाङको दिक्तेलस्थित बहादुर श्रीशेर गणको निरीक्षणका क्रममा प्रधानसेनापति थापाले राम्रो काम गर्न कसैको आदेश नचाहिने बताएका हुन् । उनले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न समेत सकल दर्जालाई निर्देशन दिए ।

उनले सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको ७ लक्ष्य र १ सय ५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने बताए । सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनाले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : ५८ बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन