‘लभ स्टेशन’ टिमले दियो मेघालाई एक लाख | Khabarhub Khabarhub

‘लभ स्टेशन’ टिमले दियो मेघालाई एक लाख


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ स्टेशन’ टिमले करेन्ट लागेर दुवै हात गुमाएकी मोरङकी मेघा गुरुङलाई आर्थिक सहयोग गरेको छ । निर्माण टिमले भक्तपुरस्थित मेघाकै डेरामा पुगर नगद १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

अभिनेता प्रदीप खड्कासहित नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाहीले एकसाथ रकम हस्तान्तरण गरे ।

आर्थिक सहयोगको आवश्यकता परेको थाहा पाएपछि निर्माण टिमले मेघालाई सहयोग गरेको हो । सहयोग रकम पाएपछि मेघाले कलाकार आफूलाई भेट्न घरमै आउँदा खुशी लागेको बताइन् ।

तस्वीर – निर्माण टिम

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप र जसिताको जोडी छ । फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारले अभिनय गरेका छन् ।

काफिया फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्म चैत्र २२ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २९ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको