बंगलादेशको ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या ७० पुग्यो | Khabarhub Khabarhub

बंगलादेशको ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या ७० पुग्यो


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

ढाकाको पुरानो शहरमा रहेको रासायनिक भण्डारण केन्द्रमा आगलागी भएको द डेली स्टारले जनाएको छ। ठूलो आगलागी भएका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

५ तले रासायनिक भण्डारको पहिलो तलाबाट हिजो (बुधबार) राति १०:४० मा शुरु भएको आगलागी नजिकका अन्य ३ घरहरुमा समेत फैलिएको थियो। आगलागी नियन्त्रणका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो ।

रसायनिक भण्डारण भएको र ठूलो भवनमा लागेको आगो नियन्त्रणमा लिन दमकललाई निक्कै समय लागेको थियो । दमकलले बिहान ३ बजेतिरमात्र आगो नियन्त्रणमा लिन सकेको थियो ।

आगलागीमा परेका ४१ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : ४१ बजे

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव