सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए | Khabarhub Khabarhub

सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले एक घण्टा कार्यकक्षमा थुनिएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडकमर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा राखेर चुकुल लगाएर थुनेका हुन् ।

राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो । तर सहमति भएको चार महिना बिते पनि मर्मतको काम शुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले जानकारी दिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले आफूहरु आजित भइसकेको रिमालले गुनासो गरे । रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको आशङ्का व्यक्त गरे ।

दुईवर्ष अघि कालोपत्र गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको स्थानीयवासी शङ्कर पन्तले बताए ।

स्थानीयवासीले सोही क्षेत्रका सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । सो अवसरमा सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम शुरु गरिने प्रतिबद्धता जनाए ।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्य अन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । कार्यालयका इञ्जिनीयर सचिन श्रेष्ठका अनुसार रु दुई करोड ७१ लाख ८८ हजार ८०२ मा ठेक्का लागेको उक्त कार्यको रु एक करोड ४१ लाख ५३ हजार ५३० मात्रै भुक्तानी गरिएको छ ।

एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टिकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न, नत्र शर्त अनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : १५ बजे

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै