एभिसी सेन्ट्रल जोन भलिबलको इतिहासमै नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरियो | Khabarhub Khabarhub

एभिसी सेन्ट्रल जोन भलिबलको इतिहासमै नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरियो


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग पराजित भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भड हलमा भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल एभिसी सेन्ट्रल जोन भलिबल  प्रतियोगिताको इतिहासमै समूह चरणबाट बाहिरिएको याे पहिलोपटक हो ।

समूह बि मा रहेको घरेलु टोलीले लगातार दुवै खेलमा हार व्यहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो पटक नेपालमा आयोजना भएको सैन्ट्रल जोन भलिबलमा घरेलु टोलीले फितलो प्रदर्शन गरेको छ ।

यसअघिका चारवटै प्रतियोगिताको सेमिफाइनल पुगेको नेपाल घरेलु कोर्टमा आयोजना भएको खेलमा समूह चरणबाटै बाहिरिएको हो । पछिल्लो २ महिनादेखि एभिसीकै तयारीमा रहेको नेपाली टोलीले अपेक्षा अनुरुप कोर्टमा प्रदर्शन गर्न असफल भयो ।

माल्दिभ्सविरुद्धको खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले गुमाएको थियो भने अन्तिम तथा तेस्रो सेटमा भने नेपालले निकै कमजोर प्रदर्शन गर्‍यो । जसमा घरेलु टोलीले दर्शकको साथ पाउँदापाउँदै पनि २५–१४ स्कोरले अन्तिम सेट सुम्पिन पुग्यो।

पछिल्लो भेटहरुमा माल्दिभ्सलाई पराजित गर्दै आएको नेपालले बुधबारको खेलमा उच्च मनोबलका साथ कार्टमा प्रवेश गरेको थियो । तर, नतिजा ठीक उल्टो आयो । नेपालले सोझो सेटमै पराजय भोग्नु पर्‍यो ।

योसँगै नेपाली टोलीले घरेलु मैदानमा भएको खेलमा एक सेट पनि जित्न सकेन । समूहको पहिलो खेलमा पनि नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । योसंगै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ४२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६