बालयौन दुराचार प्रकरणमा धर्मगुरु कार्डिनल पेल पुनः दोषी ठहर | Khabarhub Khabarhub

बालयौन दुराचार प्रकरणमा धर्मगुरु कार्डिनल पेल पुनः दोषी ठहर


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अस्ट्रेलियाको पुनरावेदन अदालतले क्याथोलिक धर्मगुरु कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई सदर गरेको छ ।

कार्डिनल पेलले दुई दशकअघि अस्ट्रेलियाको मेलबर्न शहरस्थित सेन्ट प्याट्रिक गिर्जाघरमा रहँदा दुई बालकमाथि यौन शोषण गरेकोमा दोषी ठहर भएका थिए ।

गत डिसेम्बरमा पेललाई तल्लो अदालतले बालयौन दुराचारमा दोषी ठहर गरेकोमा यसपटक पनि माथिल्लो अदालतले तल्लो अदालतको निर्णय सदर गरेको हो । गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय सुनाइएको थियो ।

क्याथोलिक इसाईका सबैभन्दा उच्च धर्मगुरु पोप फ्रान्सिसका अर्थमन्त्री समेत रहिसकेका उनका अधिवक्ताले अब अदालतको आदेशका बारेमा थप अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

अर्कोतर्फ क्याथोलिक धर्मको सर्वोच्च निकाय भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ ।

उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनमा कुनै किसिमको धार्मिक गतिविधिमा संलग्न रहन पाउने छैनन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६