नेपाल आउने भइन् सन्नी लियोनी, कारण यस्तो | Khabarhub Khabarhub

नेपाल आउने भइन् सन्नी लियोनी, कारण यस्तो


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् ।

सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् ।

भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी भिडियोमार्फत गराएकी छिन् ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ ।

काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ । उनले फिल्मको प्रचारमा समेत समय दिने जनाइएको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो ‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ । एक्सन थ्रीलर भनिएको यो फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

फिल्मको छायांकन लण्डनमा गरिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ३ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन