मार्भलका फिल्मबाट विदा लिँदैछन् स्पाइडर म्यान ? | Khabarhub Khabarhub

मार्भलका फिल्मबाट विदा लिँदैछन् स्पाइडर म्यान ?


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – मार्भल सिनेम्याटिक युनिभर्स सिरिजको फिल्ममा अन्य सुपर हिरोको जस्तै स्पाइडर म्यानको पनि विशेष भूमिका छ । तर, यतिबेला चर्चा चलिरहेको छ कि, अब स्पाइडर म्यानको मार्भलको फिल्ममा देखिने छैनन् ।

एक रिपोर्टका अनुसार फिल्मको मुनाफा शेयरिङको विषयमा कुरा नमिलेका कारण स्पाइडर म्यानलाई अलविदा भन्न सक्ने देखिएको छ ।

सूत्रका अनुसार अहिलेसम्म कमाइ शेयरिङको विषयमा कुरा मिलेको छैन । मार्भल क्यारेक्टरको राइटस् सोनी कम्पनीसँग सन् १९८५ देखि छ । सन् २०१५ मा सोनीले डिज्नी र मार्भलसँग पार्टनरशीपको घोषणा गर्‍यो । त्यसपछि मार्भल सिनेम्याटिक युनिभर्सका फिल्ममा स्पाइडर म्यानको क्यारेक्टर पनि देखिन थाल्यो ।

खबरका अनुसार डिज्नी चाहन्छ कि, सोनीले पनि ५० प्रतिशत शेयर गरोस् । तर सोनीलाई यो शर्त मञ्जुर छैन । सोनीले पुरानो शर्तमै आधारित रहेर काम गर्न चाहेको छ । यही विवादले मार्भलको सिनेम्याटिक विश्वबाट स्पाइडरम्यानलाई विदाइ गरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ३६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको