वन डढेलोबाट निस्किएको धुँवाले ब्राजिलको साओ पाउलोमा दिउँसै अन्धकार ! | Khabarhub Khabarhub

वन डढेलोबाट निस्किएको धुँवाले ब्राजिलको साओ पाउलोमा दिउँसै अन्धकार !


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्रजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ।

न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिएको बीबीसीले जनाएको छ ।

केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए।

अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननका लागि विकास गर्ने बताउँदै आएका थिए।


वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो। एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको वनबाट डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर अवस्थित उक्त सहरमा एक घण्टा अँध्यारो भएको थियो ।

अमेजन वनक्षेत्र लागेको डढेलोबाट आएको धुँवाका साओ पाउलोमा दिउँसै अन्धकार भएको थियो । संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न राष्ट्रपति बोल्सुनारूले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन् । गत बिहीवारयता मात्रै त्यहाँ नौ हजार पाँच सयवटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ५२ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्