२७ वर्षीया रसियन सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजाको सम्बन्धविच्छेद | Khabarhub Khabarhub

२७ वर्षीया रसियन सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजाको सम्बन्धविच्छेद


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर– केही समयअघि रुसी सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजा तथा केलान्तान राज्यका सुल्तान मोहम्मद पाचौंले ती रुसी सुन्दरीसँग सम्बन्धविच्छेद गरेको खुलासा भएको छ ।

सिङ्गापुरका एक अधिवक्ताले उनीहरुबीच पारपाचुके भएको पुष्टि गरेका हुन् । उनले दुई योग्य मुसलमानलाई साक्षी राखेर रुसी सुन्दरी रिहाना ओक्साना वोवोडिनासँग तीन तलाकका साथ इस्लामिक परम्पराअनुसार सम्बन्ध विच्छेद गरेको खुलासा भएको हो ।

यद्यपि मिस मस्को भइसकेकी ती रुसी सुन्दरीले भने आफू र सुल्तान मोहम्मदबीच सम्बन्ध विच्छेद नभएको दाबी गर्दै आएको समाचारमा जनाइएको छ ।

उमेरमा करिब २३ वर्ष फरक रहेका ५९ वर्षे सुल्तान मोहम्मद र २७ वर्षे सुन्दरी वोवोदिनाको विवाह गत वर्ष जुन ७ मा भएको थियो ।

मोहम्मद मलेसियाको सुल्तान रहेकै बेला दुईबीच भएको विवाहलाई शुरुमा गुपचुप राखिएपनि पछि सामाजिक सञ्जालमा उनीहरुबीच विवाह भएको समारोहका फोटो र भिडियोहरु भाइरल भएका थिए । पछि यही वर्षको जनवरीमा उनले मलेसियाको नरेशको गद्दि त्याग गरेका थिए ।

ती रुसी सुन्दरीले हालै बच्चालाई जन्म दिएको समेत जनाइएको छ । तर, मध्य जुलाईमा एकाएक उनीहरुबीच पारपाचुके भएको हल्ला शुरु भएको थियो, जसलाई रुसी सुन्दरी वोवोडिनाले खण्डन गरेकी थिइन् । हालै सिङ्गापुरका एक अधिवक्ताले गत जुन २२ मा उनीहरुबीच सिङ्गापुरमा इस्लामिक विधिबाट पारपाचुके भएको र पारपाचुकेको प्रमाणपत्र जुलाई १ मा जारी गरेको जनाएका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५८ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्